काठमाडौं, २४ असार । नेकपा एमालेको कार्यदल बैठक साँझ बस्ने गरी स्थगित भएको छ । सिंहदरबारमा ढिला गरी शुरु भएको बैठक केहीबेर बसेर स्थगित भएको हो । बैठक साँझ ७ बजे बस्ने सहमति भएको नेताहरुले जानकारी दिए ।
एमाले नेता सुवास नेम्वाङले सहमतिलाई अन्तिम रुप दिनका लागि आन्तरिक गृहकार्य आवश्यक रहेकाले साँझ पुनः बस्ने गरी बैठक सकिएको जानकारी दिए । बैठकपछि दुबै पक्षका कार्यदल सदस्यहरु आन्तरिक छलफलमा जुटेका छन् ।
माधव नेपाल पक्षका कार्यदल संयोजक भीम रावल आउन ढिलाइ भएको कारण कार्यदलको बैठक आधा घण्टा ढिला शुरु भएको थियो । कार्यदलको बैठकअघि कार्यदल सदस्य विष्णु पौडेल र भीम रावलबीच २ घण्टा छलफल भएको थियो ।
ओली पक्षीय संयोजक सुवासचन्द्र नेम्वाङले ओली र नेपालबीच पार्टी एकताबारे कुरा नमिलेको भनेर हल्ला गरिए पनि कार्यदलमा सहमति हुन सक्ने दाबी गरेका छन् ।