बुधबार, असार ३२ २०८२

बुधबार, असार ३२ २०८२

दार्चुलामा बाढीपहिराेमा परेर तीन जनाकाे मृत्यु, जलविद्युत आयाेजना बगायाे

दार्चुलामा बाढीपहिराेमा परेर तीन जनाकाे मृत्यु, जलविद्युत आयाेजना बगायाे

काठमाडाैं । दार्चुलामा पहिरोमा पुरिएर तीन जनाकाे मृत्यु भएकाे छ । नौगाढ गाउँपालिका-३ खार खाेलामा आएकाे बाढीका कारण पहिराे गएपछि तीन जनाकाे मृत्यु भएकाे हाे । 

जिल्ला प्रहरी कार्यालय दार्चुलाका स्थानीय ७२ वर्षीया गेउली ठगुन्ना र उनकी ३ महिनाकी नातिनी मन्जरी ठगुन्ना र २९ वर्षीय लक्ष्मण सितौलीको मृत्यु भएको हाे । उनीहरु तीनै जनाकाे शव पहिरोबाट निकालिएकाे प्रहरीले जनाएकाे छ ।

खार खाेलामा आएकाे बाढीका कारण ३२ किलोवाट क्षमताको खार खोला दोस्रो लघु जलविद्युत आयोजना पनि बगाएकाे प्रमुख जिल्ला अधिकारी सिद्धराज जाेशीले सुनाैलाे नेपाललाई जानकारी दिए । 

बाढी पहिराेले क्षतिग्रस्त बनाएकाे स्थानमा अहिले प्रहरीले उद्धार गरिरहेकाे छ । यस्तै, जिल्ला प्रहरी कार्यालयबाट पनि प्रहरीकाे टाेली पठाइएकाे र घटनास्थलमा प्रहरी टाेली गइरहेकाे प्रमुख जिल्ला अधिकारी जाेशीले जानकारी दिए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend