
काठमाडाैं । चितवनमा ट्रककाे ठक्करबाट स्कुटरमा सवार एक महिलाकाे मृत्यु भएकाे छ । चितवनकाे गैंडाकोटबाट चौबीसकोठीतर्फ गइरहेकाे ना ५ ख ५८१६ नम्बरको ट्रकले सोही दिशा तिर गइरहेकाे ना ५९ प ३५०४ नम्बरको स्कुटरलाई ठक्कर दिएकाे हाे ।
ट्रककाे ठक्करबाट गम्भीर घाइते भएकी स्कुटर पछाडी सवार भरतपुर महानगरपालिका– १५ मंगलपुर बस्ने ३० वर्षीया विणु दवाडीकाे मृत्यु भएकाे हाे । उनकाे उपचारकाे क्रममा नयाँ मेडिकल कलेज भरतपुरमा बिहीबार मृत्यु भएकाे चितवन प्रहरीले जानकारी दिएकाे छ ।
स्कुटर चालक २२ वर्षीया जस्मिन न्याैपानेकाे नयाँ मेडिकल कलेजमा उपचार भइरहेकाे छ । ठक्कर दिने ट्रक र ट्रकका चालक प्रहरीकाे नियन्त्रणमा रहेकाे पनि प्रहरीले जनाएकाे छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend