बुधबार, असार ३२ २०८२

बुधबार, असार ३२ २०८२

नायिका जेनी कुँवर मृत अवस्थामा फेला

नायिका जेनी कुँवर मृत अवस्थामा फेला

काठमाडौँ – नायिका तथा निर्मात्री जेनी कुँवर मृतावस्थामा फेला परेकी छिन् । काठमाडौंको थापागाउँस्थित अपार्टमेन्टमा उनी मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ । 

प्रहरीले उनको कोठाबाट सुसाइड नोट फेला परेको छ।  आफू डिप्रेसनको सिकार रहेको त्यसमा उल्लेख गरेको प्रहरीले जनाएको छ ।

 प्रारम्भिक अनुसन्धानमा उनको आत्महत्या डिप्रेसनको कारण भएको पाइएको महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रहरी निरिक्षक केशर न्यौपानेले जानकारी दिए ।
‘जिन्दगानी’ नामक फिल्मबाट अभिनय यात्रा थालेकी उनले एक दर्जन बढी फिल्ममा अभिनय गरेकी छिन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend