
काठमाडौं । चीनबाट खरिद गरेर ल्याइएको कोरोना भाइरसविरुद्धको ८ लाख डोज खोप नेपाल ल्याइएको छ। शुक्रबार बिहान नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले सो खोप ल्याएको हो ।
खोप लिनका लागि बिहीबार दिउँसो ३:२५ मा निगमको वाइडबडी ए३३० विमान चीन गएको थियो ।
आज ८ लाख डोज खोप आइपुगेको र अब निरन्तर खोप आउने स्वास्थ्य सेवा विभागको खोप शाखाका प्रमुख डाक्टर झलक शर्मा गौतमले बताएका छन् । आजदेखि साउन ८ गतेसम्म तीन उडानमार्फत खोप ल्याउने कार्यतालिका रहेको छ।
दोस्रो खेप खोप लिन नेपाल एयरलाइन्सकै विमान शुक्रबार अर्थात् ९ जुलाईमा बेइजिङ जाने कार्यतालिका रहेको छ। त्यसैगरी १५ जुलाईमा तेस्रो खेप, १६ जुलाईमा चौथो खेप, २२ जुलाईमा पाँचौं र २३ जुलाईमा छैटौं खेप ल्याइने छ।
अबको खोप ६० वर्षमुनीकालाई प्राथमिकताका आधारमा लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend