बिहिबार, असार २६ २०८२

बिहिबार, असार २६ २०८२

बंगलादेशमा ‘भाइरल’ बन्याे पुड्काे गाई

बंगलादेशमा ‘भाइरल’ बन्याे पुड्काे गाई

काठमाडौं । बंगलादेशमा यतिबेला एउटा पुड्को गाई चर्चामा छ । ‘रानी’ नाम दिइएको यो गाई अहिले बंगलादेशको ‘सेलिब्रिटी’ बनको छ । मानिसहरु यो गाई हेर्नका लागि टाढा–टाढाबाट पनि आउने गरेका छन् । 

२३ महिनाको भुटानी गाई केबल ५१ सेन्टिमिटर अग्लो छ भने २८ किलोको छ । राष्ट्रव्यापी लकडाउनका बाबजुद अहिलेसम्म यो गाईलाई हेर्न १५ हजारभन्दा धेरै मानिसहरु राजधानी सहर ढाका नजिकै रहेको चरीग्रामस्थित फार्ममा आइसकेका बीबीसीले जनाएको छ ।

फार्मका म्यानेजर हसन होवलदारले रानी विश्वको सबैभन्दा सानो गाई भएको दाबीसहित गिनिज बुकमा नाम लेखाउनका लागि तयारी गरिरहेकाे बताएकाे समाचारमा जनाइएकाे छ । 

होवलदारले गत वर्ष बंगलादेशको उत्तर–पश्चिमी क्षेत्रमा रहेको नओगाउँमा रहेको एक फार्मबाट यो गाई किनेर ल्याएका थिए । अहिले विश्वको सबैभन्दा सानो गाईको कीर्तिमान भारतको मनिक्यम गाईको नाममा छ । जसको उचाइ ६१.१ सेन्टिमिटर छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend