बिहिबार, असार २६ २०८२

बिहिबार, असार २६ २०८२

यो हप्ता सुन तोलामा ९ सय बढ्यो, चाँदी २० रुपैयाँ घट्यो

यो हप्ता सुन तोलामा ९ सय बढ्यो, चाँदी २० रुपैयाँ घट्यो

काठमाडौं । यो हप्ता सुनको मूल्य तोलामा ९ सय रुपैयाँ बढेको छ ।

हप्ताको अन्तिम दिन तोलामा एक सय रुपैयाँ बढेर सुन तोलाको ९२ हजार ४ सय रुपैयाँमा कारोबार भइराखेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हप्ताको पहिलो दिन आइतबार सुन तोलाको ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसपछि सोमबार स्थिर रहँदै तोलाको ९१ हजार ५ सय रुपैयाँमा नै कारोबार भएको सुनको मूल्य मंगलबार तोलामा ३ सय रुपैयाँ बढेर तोलाको ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसपछि बुधबार ४ सय र बिहीबा एक सय रुपैयाँ बढेर तोलाको ९२ हजार ३ सय रुपैयाँ पुगेको सुनको मूल्य शुक्रबार एक सय रुपैयाँ नै बढेको हो ।

सुनको मूल्य बढेपनि यो हप्ता चाँदीको मूल्य भने घटेको छ । चाँदी यो हप्ता तोलामा २० रुपैयाँ घटेको छ । आइतबार तोलाको १३ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार तोलाको १३ सय ५ रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend