बुधबार, असार ३२ २०८२

बुधबार, असार ३२ २०८२

रौतहटको बस्तिपुरमा जग्गाकाे विषयमा झडप, १० जना घाइते

रौतहटको बस्तिपुरमा जग्गाकाे विषयमा झडप, १० जना घाइते

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका – ८ बस्तिपुरमा झडप भएको छ । झडपमा १० जना घाइते भएका छन् । त्यसक्रममा ६ वटा मोटरसाइकल र एउटा स्कुटरमा समेत आगो लगाइएको छ ।

बिहीबार राती १० बजे १० वटा मोटरसाइकलमा गाउँबाहिरबाट आएका मानिस र बस्तिपुरबासीबीच सार्वजनिक जग्गाको बिषयमा भनाभनपछि झडप भएको हो । घाइतेहरुको चन्द्रपुरस्थित अस्पतालमा प्रहरीको निगरानीमा उपचार भैरहेको रौतहटका प्रहरी प्रमुख एसपी सिद्विबिक्रम शाहले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

स्थानीय श्रीराम चौधरीले गाउँको  १ बिगाहा १८ कठ्ठा सार्वजनिक जग्गा जालझेल गरि केही समय अघि आफ्नो नाममा गराएका थिए । उक्त घटना सार्वजनिक भएपछि गाउँलेहरुले सार्वजनिक जग्गा फिर्ता गर्न पटक पटक छलफल गरेका थिए । तर चौधरीले जग्गा फिर्ता गर्न मानेका थिएनन् ।

यो घटनामा गाउँले एकातिर र चौधरी परिवार अर्कोतिर छन् । यही विवादमा गाउँलेहरुले चौधरीको परिवारलाई नै बहिष्कार गरेका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend