
काठमाडाैं । नायिका तथा निर्मात्री जेनी कुँवरकाे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएकाे छ । कुँवर बिहीबार काठमाडौंको थापागाउँस्थित अपार्टमेन्टमा मृतावस्थामा फेला परेकी थिइन् ।
प्रहरीले उनको कोठाबाट सुसाइड नोट फेला पारेकाे थियाे । उनले नाेटमा आफू डिप्रेसनको सिकार रहेको उल्लेख गरेकाे प्रहरीले जनाएकाे थियाे ।
‘जिन्दगानी’ नामक फिल्मबाट अभिनय यात्रा थालेकी उनले एक दर्जन बढी फिल्ममा अभिनय गरेकी छिन् । उनकाे निधनमा कलाकारहरुले दु:ख व्यक्त गरेका छन् ।
फोटो – रमेश कुमार परियार/ सुनौलो नेपाल
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend