
कैलाली । कैलालीको भजनी नगरपालिका–४ झलझलियाका प्रकाश विश्वकर्मा र मालती रावल अन्तरजातीय विवाह गरेर जंगलमा लुकेको भिडियो सार्वजनिक भएको छ । उनीहरुले भिडियो बनाएर आफूहरुलाई सहयोग गर्न अनुरोध गरेका छन् ।
परिवारको धम्की र डरका कारण घर छोडेर जंगल पसेको उनीहरुले भिडियोमा बताएका छन् । प्रकाशले भिडियोमार्फत भनेका छन्, ‘परिवारले नमानेका कारण हामी लुक्न जंगल आएका हौँ । प्लिज हामीलाई साथ सहयोग गरिदिनुस् ।’
२१ दिनदेखि जंगलमा लुक्दै आएका प्रकाश र मालती बेलाबेला लुकीलुकी गाउँ आउने गरेका थिए । जबरजस्ती विवाह गरेको भनेर मुद्दा हाल्ने धम्की दिएका दाजुले रुकुम काण्ड दोहोरिन सक्ने धम्की दिएको मालतीले भिडियोमा बताएकी छन् ।
उनले भनेकी छन्, ‘हामीले मायाप्रेम गरेर विवाह गरेको हो, जबरजस्ती गरेको होइन । उनले आफू आमा बन्न लागेको कुरा पनि राखेकी छिन् । आफ्नै दाजुबाट घर जलाइदिने, मारिदिने धम्की आएपछि उनीहरु बाध्य भएर जंगल पसेका थिए । प्रकाश र मालतीको भिडियो सार्वजनिक भएपछि उनीहरुलाई गाउँमा बोलाइएको थियो ।
दिउँसो एक बजे गाउँ फर्किएका मालती र प्रकाशलाई मालतीका आफन्तले कुटपिट गरेको र मालतीलाई लिएर गएकाे प्रकाशका आफन्तले बताएका छन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend