आइतबार, साउन ४ २०८२

आइतबार, साउन ४ २०८२

शंकर पोखरेलले भने – एमाले विवाद सम्भवत: आज टुंगाे लाग्छ

शंकर पोखरेलले भने – एमाले विवाद सम्भवत: आज टुंगाे लाग्छ

काठमाडाैं । नेकपा (एमाले) को विवाद मिलाउन गठित कार्यदलको बैठक अहिले सिंहदरबारमा जारी छ । केही घन्टादेखि जारी छलफलमा शुक्रबार सहमति खोज्ने प्रयास भइरहेको छ ।

कार्यदलका सदस्य लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले विवाद टुंग्याउने गरी छलफल भइरहेको बताए ।

पार्टीभित्र देखिएका विवाद समाधान गर्न पटक-पटक कार्यदलको बैठक बसिरहेको छ । बिहीबार पनि कार्यदलको बैठक बसेको थियो भने सहमति नजिक पुगेको नेताहरूले प्रतिक्रिया दिएका थिए ।

नेता सुवास नेम्वाङले सहमति नजिक पुगेको बताए पनि घनश्याम भुसालले भने १० दिनदेखि प्रगति हुन नसकेको बताएका थिए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend