
काठमाडाैं । बिहीबार राती भक्तपुरको घ्याम्पेडाँडाको जंगलमा सरकारी गाडीभित्र भएको यौन क्रियाकलापमा संलग्नमाथि प्रहरीले अनुसन्धान सुरु गरेकाे छ ।
प्रहरीको प्राराम्भिक अनुसधानमा युवतीले सहमतिमै आफू यौनजन्य गतिविधिमा संलग्न रहेको बताएकी छन् । भक्तपुरका प्रहरी प्रवक्ता दीपक गिरीका अनुसार ती युवती बाटोमा हिँडिरहेका बेला बोलाएका पुरुषसँग ‘सहमति’मै त्यहाँ पुगेको बताएकी छन् ।
प्रहरीका अनुसार सो गाडीका चालक ४२ वर्षीय जितबहादुर खत्री गाडीबाहिर बसेर रुँगिरहेका थिए । प्रहरीलाई देखेपछि उनी भागेको र प्रहरीले तत्काल पक्राउ गरेको थियो । अर्का ३८ वर्षीय शम्भु कार्की र २१ वर्षीया युवती गाडीभित्रै यौन क्रियाकलापमा संलग्न थिए ।
प्रहरीले शंका मान्दै नजिक पुगेर हेर्दा गाडीभित्र युवती नाङ्गै अवस्थामा देखिएको प्रहरीको भनाइ छ । प्रहरी आइपुगेको चाल पाएपछि कार्की गाडीको ढोका खोलेर नाङ्गै त्यहाँबाट भागेको र प्रहरीले लखेटेर उनलाई पक्राउ गरेको गिरीले बताए ।
प्रारम्भिक सोधपुछमा युवतीले सहमतिपछि मै यौन सम्पर्क गरेको बताएपछि प्रहरीले जिल्ला प्राशासन कार्यालय भक्तपुरबाट ५ दिनको म्याद लिएर थप अनुसन्धान गरिरहेकाे छ ।
बाहिर दाबी गरिए जस्तो उक्त गाडी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको हो या होइन भन्ने पुष्टि नभएको समेत प्रहरीले जनाएको छ । प्रवक्ता दीपक गिरीका अनुसार प्रहरीले अनुसन्धान गरिरहेकाे छ ।
मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा १२३ मा सार्वजनिक स्थानमा यौन क्रियाकलाप गर्न नहुने र गरेको खण्डमा एक वर्षसम्म कैद र ३० हजारसम्म जरिवाना हुने व्यवस्था छ ।
(यस अगाडिको शिर्षकलाई गलत अर्थ लगाएर सेयर गरेकोले सच्चाईएको छ – सम्पादक)
भिडियो रिपोर्ट
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend