
काठमाडौं । देशका थोरै ठाउँमा शनिबार निकै ठूलो पानी पर्ने मौसमविद्ले पूर्वानुमान गरेका छन् ।
मनसुनी वायुको प्रभावले शनिबार दिउँसो प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक÷दुई स्थानमा मेघगर्जनसहित भारी वर्षा हुँदा प्रदेश १, बागमती र सुदूरपश्चिम प्रदेशको एक÷दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अरु धेरै स्थानमा भने हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
यस्तै शनिबार राति प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक÷दुई स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना छ।अरु धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
यस्तै आइतबार दिउँसो प्रदेश १, बागमती, गण्डकी , कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जनसहित भारीदेखि अति भारी वर्षा हुँदा अरु धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। राति प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जनरचट्याङ्ग सहित भारीरअति भारी वर्षाको सम्भावना छ। धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
यसैगरी सोमबार दिउँसो प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जनसहित भारी वर्षा हुँदा धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना छ। केही स्थानमा हल्कादेखि मध्यम वर्षाको पूर्वानुमान गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
भारीदेखि अति भारी वर्षा हुँदा बाढी, पहिरो र डुबानको जोखिम बढेको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend