आइतबार, साउन ४ २०८२

आइतबार, साउन ४ २०८२

चीनबाट ८ लाख डोज खोप नेपाल आइपुग्यो

चीनबाट ८ लाख डोज खोप नेपाल आइपुग्यो

काठमाडौँ । कोरोना भाइरसविरुद्धको ८ लाख डोज खोप नेपाल आइपुगेको छ ।

चीनसँग ४० लाख खोप ल्याउने सम्झौता भएअनुसार शुक्रबार पहिलो चरणमा ८ लाख डोज खोप नेपाल आइपुगेको हो । बिहीबार चीन गएको नेपाल वायुसेवा निगमको जहाजले शुक्रबार खोप नेपाल ल्याएको हो ।

सरकारले चीनियाँ खोप कम्पनी सिनोफार्मसँग ४० लाख डोज भेरोसेल ल्याउने सम्झौता गरेको छ। चीनबाट भेरोसेल भित्रिएपछि दोस्रो डोज र पहिलो डोज खोप दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

यता अमेरिकाबाट अर्को साता १५ लाख डोज खोप आउने भएको छ । नेपालस्थित अमेरिकी दूतावासले आउन लागेको खोप नेपाली जनताका लागि अमेरिकी जनताको तर्फबाट उपहार भएको जनाएको छ । 

भारतसँग खरिद सम्झौता भएको कोभिडसिल्ड खोप भारतले रोक्दा र अन्य देशबाट पनि खोप नआउँदा नेपालमा पहिलो डोज खोप लगाएका १२ लाखभन्दा बढी दोस्रो डोज खोप लगाउनबाट बञ्चित भएका छन्।

Vaccine.jpg

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend