आइतबार, असार २९ २०८२

आइतबार, असार २९ २०८२

अमेरिकाले नेपाललाई उपहार स्वरुप १५ लाख डोज खोप आज पठाउँदै

अमेरिकाले नेपाललाई उपहार स्वरुप १५ लाख डोज खोप आज पठाउँदै

काठमाडौं । अमेरिकाले नेपालका लागि अनुदानमा दिने कोरोना भाइरसविरुद्धको १५ लाख डोज खोप आज पठाउने भएको छ।

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका प्रवक्तालाई उध्दृत गर्दै समाचार एजेन्सी रोयटर्सले उल्लेख गरे अनुसार उक्त परिमाणको खोप शनिबार (अमेरिकी समयअनुसार शुक्रबार) नेपाल आइपुग्नेछ। 

काठमाडौंस्थित अमेरिकी राजदूतावासले उक्त खोप नेपाली जनतालाई अमेरिकी जनताका तर्फबाट उपहार भएको जनाएको छ।
राजदूतावासकी प्रवक्ता एना रिचे एलेनले अमेरिकी जनताका तर्फबाट नेपाली जनतालाई उपहारस्वरूप जोन्सन एन्ड जोन्सन कम्पनीले बनाएको  १५ लाख डोज खोप दिन लागेको बताइन्।

यसअघि, अमेरिकी राष्ट्रपति जो बाइडेनले विपन्न र गरिब मुलुकलाई ८० मिलियन डोज खोप उपलब्ध गराउने घोषणा गरेका थिए। सोही अनुरुप आज अमेरिकाले नेपाललाई खोप पठाउन लागेको हो।  

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend