आइतबार, असार २९ २०८२

आइतबार, असार २९ २०८२

प्रधानमन्त्री ओली आज सिन्धुपाल्चोक जाँदै

प्रधानमन्त्री ओली आज सिन्धुपाल्चोक जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज सिन्धुपाल्चोक जाने भएका छन् । 

बाढीर पहिरोले क्षति पुर्याएको मेलम्ची खानेपानी आयोजनासहित सिन्धुपाल्चोकका विभिन्न ठाउँ र बस्तीको निरीक्षण गर्न उनी त्यसतर्फ जान लागेका हुन् । 

प्रधानमन्त्रीका विकास व्यवस्थापन विज्ञ गजेन्द्र थपलियाले दिएको जानकारी अनुसार नेपाली सेनाको हेलिकप्टरबाट बिहान १० बजे सिन्धुपाल्चोक जाने तयारी भएको हो । 

मेलम्ची खानेपानीको मुहान र क्षतिग्रस्त क्षेत्रको अवलोकनपछि हेलम्बुको गणेश बगरमा आयोजना गरिएको कार्यक्रममा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सोही सभामार्फत बाढी/पहिरो पीडितलाई राहत प्याकेजको घोषणा गर्ने तयारी छ । 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend