आइतबार, असार २९ २०८२

आइतबार, असार २९ २०८२

मनसुनजन्य विपद् : २६ दिनमा ५५ जनाको मृत्यु, ३४ जना बेपत्ता

मनसुनजन्य विपद् : २६ दिनमा ५५ जनाको मृत्यु, ३४ जना बेपत्ता

काठमाडौं । मनसुनपछिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी ५५ जनाको मृत्यु भएको छ । 

गृह मन्त्रालयका अनुसार गत जेठ ३१ देखि असार २५ गते साँझसम्ममा मनसुनजन्य विपदबाट ३४ जना बेपत्ता भएका छन् । त्यस्तै अहिलेसम्म ६१ जना घाइते भएका छन् । मृत्यु हुनेमा सबैभन्दा धेरै तनहुँ र सिन्धुपाल्चोकमा पाँच/पाँच जना रहेका छन् । सबैभन्दा धेरै घाइते तनहुँमा १० जना रहेका छन् ।

बेपत्ता हुनेमा सिन्धुपाल्चोकका २०, चितवनका तीन, पर्वत, दाङ र तनहुँका दुई÷दुई तथा बाजुरा, बाग्लुङ, गोरखा, धादिङ र तनहुँमा एक/एक जना छन् । बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरी प्रवक्ता बसन्तबहादुर कुँवरले जानकारी दिए । 

बाढीपहिरामा परेका एक हजार २६८ जनाको विभिन्न ठाउँबाट उद्दार गरिएको छ । बाढीको कारण एक हजार ५१६ घर डुबानमा परेका र ५६४ घर, ९९ गोठ, ४२ पुल, ३ विद्यालय र १३ सरकारी कार्यालयमा क्षति पुगेको छ । एक हजार १५८ घरका पाँच हजार ४२३ व्यक्ति विस्थापित भएका छन् । 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend