
म्याग्दी । पहिरो खसेपछि बेनी-जोमसोम सडकखण्ड अवरुद्ध बनेको छ।
विभिन्न ठाउँमा पहिरो खसेपछि बेनी-जोमसोम सडकखण्ड अवरुद्ध बनेको हाे । अहिले डोजर लगाएर पहिराे हटाउने काम भइरहेकाे प्रहरीले जनाएको छ । म्याग्दी र मुस्ताङलाई जोड्ने बेनी-जोमसोम सडकखण्डअन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका ३ राहुघाट, अन्नपूर्ण ३ दानाको रुप्सेखोला र काभ्रेभीरमा पहिरो खसेपछि अवरुद्ध छ ।
यस्तै मंगला, मालिका र धवलागिरी गाउँपालिका जोड्ने बेनी–दरबाङ सडकखण्डअन्तर्गत बेनी ४ तातोपानी नजिकै घुमाउने भीरमा र बेनी-बागलुङ सडकखण्डअन्तर्गत बेनी १ रत्नेचौरको रानीवन क्षेत्रमा पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विरेन्द्रराज गुरुङले जानकारी दिए । उनका अनुसार अरु पनि थुप्रै ठाउँमा पहिरो खसेको छ ।
सडक अवरुद्ध भएपछि निर्माण सामग्री, मालसामान तथा दैनिक उपभोग्य बस्तु बोकेका गाडी बीच बाटोमै रोकिएका छन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend