
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सिन्धुपाल्चोकको हेलम्बु पुगेका छन् । प्रधानमन्त्री ओली एक महिनाअघिको बाढी-पहिरोले क्षती गरेको हेलम्बु र मेलम्चीको अवलोकनका लागि त्यहाँ पुगेका हुन् ।
हेलिकप्टरबाट हेलम्बु पुगेका उनी त्यहाँको निरीक्षणपछि मेलम्ची जानेछन्। उनले त्यहाँ स्थानीय तहका जनप्रतिनिधि र स्थानीयबासीसँग छलफलपछि गणेशबगर जाने तय भएको छ । उनले मेलम्ची आयोजनाको मुख्य सुरुङको हवाइ निरीक्षण पनि गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्रीका साथमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलगायत छन् । मनसुन सुरु भएसँगै गत १ गते बाढी पहिरोबाट सिन्धुपाल्चोकमा ठू्लो क्षती भएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend