
रसुवा । पहिरो खसेपछि रसुवागढी नाका जोड्ने सडक अवरुद्ध भएको छ । स्याफ्रु रसुवागढी सडकखण्डको रोंगाखोलामा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।
ठूलो ढुंगासहितको पहिरो खसेकाले ब्लाष्टिङ गरेर सडक सञ्चालनमा ल्याउने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । कार्यालयका प्रहरी नायव उपरीक्षक देवेन्द्र पाण्डेका अनुसार शनिबार सुरक्षा समितिको बैठक बसेर ब्लाष्टिङ गर्ने निर्णय गरिएको हो ।
अब ब्लाष्टिङको तयारी भएको छ । वर्षात सुरु भएसँगै जिल्लाको प्रमुख सडकमा पहिरो खस्दा दैनिकजसो सडक अवरुद्ध हुने गरेको छ । पहिरोका कारण मैलुङ स्याफ्रु सडकखण्ड असार १ गतेदेखि बन्द छ ।
पासाङ ल्हामु सडक भने पहिरो पन्छाएर सञ्चालनमा ल्याउने गरिएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend