आइतबार, साउन ४ २०८२

आइतबार, साउन ४ २०८२

नेपाल निवास कोटेश्वर पुगे प्रचण्ड

नेपाल निवास कोटेश्वर पुगे प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा (एमाले) वरिष्ठ नेता माधवकुमार नेपाल निवास कोटेश्वर पुगेका छन् । 

नेपाल निवासमा पुगेका प्रचण्डले नेता नेपालसँग समसामयिक राजनीतिक विषयमा छलफल गरिरहेका स्रोतले जानकारी दिएको छ । दुई नेताबीच बिहान साढे ११ बजेदेखि छलफल भइरहेको हो । 

एमाले एकता कार्यदलको बैठक सहमति नजिकै पुगेको कार्यदल सदस्यले बताइरहेका बेला दुई नेताबीच भेट भएको हो। 

यसअघि पनि प्रचण्ड नेपालले गठबन्धनको रणनीतिका बारेमा छलफल गर्दै आएका थिए । 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend