
सिन्धुपाल्चोक । प्रधानमन्त्री केपी शर्मा ओली मेलम्चीमा बाढी आएको २६ दिनपछि प्रभावित क्षेत्रमा पुगेका छन् ।
ओलीले हेलम्बु क्षेत्रमा पुगेर पीडित प्रतिपरिवार ५० हजार राहत दिने घोषणा गरेका छन् । हेलम्बु गाउँपालिकास्थित गणेश बजारमा आयोजित कार्यक्रममा बाढीबाट क्षति पुगेका ३६६ घर परिवारलाई सरकारले प्रतिपरिवार ५० हजार दिने बताएका हुन् ।
‘तत्काल पीडित परिवारलाई ५० हजारको दरले राहत उपलब्ध गराउँछौं । निर्माणका लागि हिमाली भेगमा ५ लाख, पहाडी भेगमा ४ लाख र तराइ भेगामा ३ लाख उपलब्ध गराइरहेका छौं’, ओलीले भने ।
असार १ गते मेलम्ची खोलमा आएको बाढीको निरीक्षणका क्रममा ओली शनिबार बाढीग्रस्त क्षेत्रमा छन् ।
प्रधानमन्त्री ओलीले बाढीले भत्काएको पुल, विद्यालय सरकारले बनाउने बताए । घाइतेको उपचार सरकारले गर्ने उनले बताए । पुनः निर्माणको काममा सरकारको ध्यान गएको उनको भनाइ छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend