बुधबार, असार ३२ २०८२

बुधबार, असार ३२ २०८२

अमेरिकाले दिने १५ लाख डोज खोप सोमबार बिहान काठमाडौं आइपुग्ने

अमेरिकाले दिने १५ लाख डोज खोप सोमबार बिहान काठमाडौं आइपुग्ने

काठमाडौं । अमेरिकाले नेपालका लागि अनुदानमा दिने कोरोना भाइरसविरुद्धको १५ लाख डोज खोप आगामी सोमबार बिहान आइपुग्ने भएको छ ।

जोन्सन एण्ड जोन्सन कम्पनीको सो खोप सोमबार बिहान काठमाडौं आइपुग्ने प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा.राजन भट्टराईले जानकारी दिएका हुन् । उनले खोप उपलब्ध गराइदिएकोमा अमेरिकी सरकारलाई धन्यवाद दिएका छन् । ट्वीटरमार्फत दिएको जानकारीमा उनले थप खोप ल्याउन पहल भइरहेका पनि बताएका छन् ।

यसअघि, अमेरिकी राष्ट्रपति जो बाइडेनले विपन्न र गरिब मुलुकलाई ८० मिलियन डोज खोप उपलब्ध गराउने घोषणा गरेका थिए। सोही अनुरुप अमेरिकाले नेपाललाई खोप पठाउन लागेको हो।  

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend