बिहिबार, असार २६ २०८२

बिहिबार, असार २६ २०८२

प्रचण्ड ३३ वर्षदेखि विचार विहीन, विधि र प्रक्रिया विहीन स्वघोषित अध्यक्ष बनिरहेका छन् : रायमाझी

प्रचण्ड ३३ वर्षदेखि विचार विहीन, विधि र प्रक्रिया विहीन स्वघोषित अध्यक्ष बनिरहेका छन् : रायमाझी

काठमाडाैं । नेकपा एमालेका नेता तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल स्वघोषित नेता मात्रै भएको आरोप लगाएका छन् ।  

सर्वोच्च अदालतको फैसला पछि नेकपा माओवादी केन्द्र छोडेर नेकपा एमालेका अध्यक्ष एवंम् प्रधानमन्त्री केपी ओलीलाई समर्थन गर्दे एमालेमा प्रवेश गरेका नेता रायमाझीले दाहालकै कार्याशैलीका कारण पार्टी कमजोर हुँदै गएको र आफूहरुले त्यही कार्यशैलीको विरोध गर्दे आएको बताएका हुन् ।

संघीय राजधानी काठमाण्डौमा शनिबार आयोजित कार्यक्रममा नेता रायमाझीले ६९ सालमा नाम मात्रको महाधिवेशन गरिएको टिप्पणी गरे । उनले विगत ३३ बर्ष देखि विना विचार तथा विधि र प्रक्रिया विना नै अध्यक्ष दाहाल स्वघोषित रुपमा नेतृत्वमा बसिरहेको आरोप लगाए । उनले दाहालको कार्यशैलीका कारण पार्टी कमजोर हुँदै गएको बताए ।

उनले भने – गएको चुनावमा नेकपा एमालेसंग नमिलेको हुन्थ्यो भने कतिऔ पार्टी हुन्थ्यो । त्यो कसको कारणले भयो ? जुन पार्टीको नेता ३३ बर्ष सम्म कुनै विचार, कुनै विधि विना, कुनै प्रक्रियामा नजाने , कुनै सिस्टममा नजाने, स्वघोषित नेता भएर बसेको इतिहास पाउन गाहे छ । अझै शान्ति प्रक्रियामा आईसकेपछि पनि पार्टीलाई व्यभिचार किसिमले, व्यक्तिवादी तरिकाले, निरंकुश तरिकाले सञ्चालन गरियो त्यसकारणले पार्टी कमजोर हुदै गयो । किन कमजोर भयो ? विचारमा, विधिमा ध्यान गएन । कार्यशैली पनि ठिक भएन । चिन्तनमा पनि ठिक भएन । त्यसकारणले पार्टी तुईदै तुईदै गएपछि पार्टी कमजोर भयो । यो जिम्मेवारी लिनुपर्छ कि पर्दैन कमसेकम नेतृत्वले ?

माओवादी पार्टीले गरेको योगदानलाई कदर गर्नुपर्छ र कमजोरीलाई करेक्सन गर्नुपर्छ भनेर आफूहरु संघर्ष गरिरहेको उनले स्पष्ट पारे । नेकपा माओवादी केन्द्रको कार्यशैली राजनीतिक दल सम्बन्धी ऐनमा भएको व्यवस्था प्रतिकुल भएको दाबी उनले गरे । 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend