शुक्रबार, असार २७ २०८२

शुक्रबार, असार २७ २०८२

कोपा अमेरिकाको उपाधि भिडन्त जारी : पहिलो हाफमा अर्जेन्टिनाको अग्रता

कोपा अमेरिकाको उपाधि भिडन्त जारी : पहिलो हाफमा अर्जेन्टिनाको अग्रता

एजेन्सी । कोपा अमेरिका उपाधिको लागि अहिले ब्राजिल र अर्जेन्टिना भिडिरहेका छन् । 

माराकाना स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा अर्जेन्टिना १-० गोलका साथ अग्र स्थानमा रहेको छ ।

अर्जेन्टिनालाई खेलको २२ औं मिनेटमा एन्जल डी मारियाले सुरुवाती अग्रता दिलाएका हुन् । उनले रोड्रिगोको पासमा गोल गरेका हुन् ।

ब्राजिल पेरुलाई १-० गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो । अर्जेन्टिनाले सेमिफाइनलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा ३-२ ले हराएको थियो ।

जारी प्रतियोगितामा दुवै टोली उच्च लयमा देखिएका छन् । दुवै टोली प्रतियोगितामा पराजित भएका छैनन् । कोपा अमेरिकाको जारी संस्करणका ६ खेल मध्ये ५ खेलमा दुवैले जित निकालेका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend