आइतबार, साउन ४ २०८२

आइतबार, साउन ४ २०८२

एमाले कार्यदल बैठक आज पनि बस्दै, सुखद् समाचार दिने नेताहरुको दाबी होला पूरा ?

एमाले कार्यदल बैठक आज पनि बस्दै, सुखद् समाचार दिने नेताहरुको दाबी होला पूरा ?

काठमाडौं । केही दिनदेखि लगातार बसिरहेको नेकपा एमाले कार्यदलको बैठक आज पनि बस्दैछ । आज बिहान ८ बजे सिंहदरबारमा बस्ने बैठक एमालेका लागि निर्णायक हुने बताइएको छ । 

शनिबारको बैठकपछि नेता सुवास नेम्वाङले काम टुंग्याए बराबर रहेको र आइतबार बिहान सुखद् समाचार सुनाइने बताएका थिए । उनले भने, ‘काम टुंग्याए बराबर छ । भोलि बिहान ८ बजे सुखद् समाचार सुन्‍न पाउनुहुनेछ ।’

शनिवार कार्यदलको छलफलपछि पत्रकारसँग कुरा गर्दै वार्ता टोली सदस्य गोकर्ण विष्टले पार्टीभित्रको समग्र समस्या समाधान खोजिएको र आइतवार सुखद समाचार आउने बताएका थिए । 

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको सन्दर्भमा सोमवार फैसला दिने भनिएको छ । त्यसअघिनै एमाले एकताबद्ध भएको घोषणा हुने उनले बताए ।

शुक्रबार बसेको कार्यदल बैठकमा सहमति जुटेको र त्यसलाई शनिबार अन्तिम रुप दिने नेताहरुले दाबी गरेका थिए । 

कार्यदलमा अध्यक्ष केपी शर्मा ओली पक्षबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् भने नेता नेपालको पक्षबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त रहेका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend