बुधबार, असार ३२ २०८२

बुधबार, असार ३२ २०८२

मौसम : यी चार प्रदेशमा भीषण वर्षाको सम्भावना, सतर्क रहन आग्रह

मौसम : यी चार प्रदेशमा भीषण वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं । मनसुनी वायुको प्रभावले देशभरको मौसममा सामान्य देखि पूर्ण बदली भएको छ ।

अहिले कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका केही स्थानहरुमा मेघ घर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

आइतबार बागमती, गण्डकी, लुम्बिनी, कर्णाली प्रदेशमा भीषण वर्षा हुने र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा पनि मेघ गर्जनसहित भारी वर्षा हुने विभागले जनाएको छ । 

त्यस्तै सोमबार पनि देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १,  प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको विभागले उल्लेख गरेको छ । 

आगमी २४ घण्टामा प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षा हुन सक्ने भन्दै पहिरो तथा गेग्रान बहावको जोखिम रहेकोले सतर्क रहन पनि विभागले अनुरोध गरेको छ । 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend