आइतबार, साउन ४ २०८२

आइतबार, साउन ४ २०८२

कोपा अमेरिकाको उपाधि अर्जेन्टिनाले जित्यो, साविक विजेता ब्राजिल पराजित 

कोपा अमेरिकाको उपाधि अर्जेन्टिनाले जित्यो, साविक विजेता ब्राजिल पराजित 

एजेन्सी । कोपा अमेरिका २०२१ को उपाधि अर्जेन्टिनाले जितेको छ । आइतबार बिहान ब्राजिलको माराकाना स्टेडियम भएको उपाधि भिडन्तमा ब्राजिललाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि जित्न सफल भएको हो । 

खेलको पहिलो हाफमा सुरुवाती अग्रता बनाएको अर्जेन्टिनाले सोही क्रमलाई खेलको अन्तिमसम्म राख्न सफल भएको हो ।

अर्जेन्टिनाका लागि खेलको २२ औं मिनेटमा एन्जल डी मारियाले पहिलो गोल गरेका थिए। उनले रोड्रिगोको पासमा गोल गरेका हुन् ।

यस अघि अर्जेन्टिनाले सेमिफाइनलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा ३-२ ले पराजित गरेको थियो । ब्राजिलले भने पेरुलाई १-० गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो ।

२०१९ मा भएको कोपा अमेरिकामा ब्राजिल विजेता बनेको थियो । उसले पेरुलाई पराजित गर्दै उपाधि हात पारेको थियो । 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend