
चितवन । खैरहनी ४ मा रहेको कंकाली सामुदायिक वनको वनभोज स्थलमा निर्माण गरिएको राष्ट्रिय झण्डा स्तम्भ शनिवार हस्तान्तरण गरिएको छ । रोटरी क्लव अफ पूर्वी चितवनले निर्माण गरेको सो स्तम्ध शनिवार सामुदायिक वनलाई हस्तान्तरण गरिएको हो । शनिवार आयोजित कार्यक्रममा क्लवका अध्यक्ष राममणि न्यौपानेले वनभोज स्थललाई आर्कषक बनाउन निर्माण गरिएको सो स्तम्भ सामुदायिक वनलाई हस्तान्तरण गरेका हुन । सो अबसरमा उनले पर्यटन आर्कषकको केन्द्र बन्दै गइरहेको कंकाली वनभोज स्थललाई रमणीय बनाउन राष्ट्रिय झण्डा स्तम्भ निर्माण गरिएको बताए ।
वडा नं ४ का वडाध्यक्ष तथा रोटरी क्लव अफ पूर्वी चितवनका संस्थापक सदस्य देबबहादुर बस्नेत प्रमुख अतिथि रहेको सो कार्यक्रममा रोटरी क्लव अफ पूर्वी चितवनका सल्लाहाकार सुरज प्रसाद नेपाल,सामुदायिक वनका बरिष्ठ उपाध्यक्ष युवराज थापा,खैरहनी उवासंघका अध्यक्ष दीपेन श्रेष्ठ,रोटरी क्लव अफ रत्ननगरका पूर्व अध्यक्ष जगन्नाथ अधिकारी लगायतको मन्तव्य रहेको थियो भने रोट्याक्ट क्लव अफ पूर्वी चितवनका सस्थापक अध्यक्ष तथा रोटरी क्लव अफ पूर्वी चितवनका सचिव पुजन लामिछानेले कार्यक्रम सन्चालन गरेका थिए । स्तम्भको संरक्षण रोट्याक्ट क्लव अफ पूर्वी चितवनले गर्ने जनाइएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend