काठमाडौं । एमाले विवाद समाधान गर्न गठित कार्यदलको बैठक सिंहदरबारमा सुरु भएको छ ।
निर्णायक मानिएको आजको बैठक निर्धारित समय भन्दा केहीबेर ढिला गरी सुरु भएको हो । बिहान ८ बजे डाकिएको बैठकमा माधव नेपाल पक्षीय कार्यदलका सदस्यहरू ढिला उपस्थित भएपछि ढिला नै सुरु भएको हो ।
नेपाल पक्षीय कार्यदलका सदस्यहरू कोटेश्वरमा नेता नेपालसँग छलफल सकेर जाँदा ओली पक्षका कार्यदलका सदस्यहरुले केहीबेर पर्खनु परेको हो । बैठक स्थलबाट कुराकानी गर्दै नेता सुवास नेम्वाङले अहिले यो पक्ष र त्यो पक्ष भन्ने कुरा बिर्सिसकेको बताएका थिए ।
आज सहमतिको प्याकेजलाई अन्तिम रुप दिने र त्यसपछि बस्ने स्थायी कमिटी बैठकबाट अनुमोदन गर्ने कार्यदलका नेताहरुले बताएका थिए ।