
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले खोप आउने क्रम सुरु भएकाले खोपको अभाव नहुने बताएका छन् ।
गतिसाथ सकेसम्म ठूलो संख्यालाई भ्याक्सिन उपलब्ध गराउने कुरामा अभाव हुन नदिन नयाँ नयाँ सम्झौताका लागि सहमतिका प्रयास गरिराखेको पनि प्रधानमन्त्री अोलीले बताए ।
आइतबार बिहान वीर अस्पतालको सर्जिकल भवन उद्घाटन गर्दै उनले भने, ‘भ्याक्सिन हामीले उपलब्ध गराएका छौं, भ्याक्सिन आइराख्या छ। हिजो कि अस्तीको दिन पनि भ्याक्सिन आयो, भोलि पनि भ्याक्सिन आउँछ। त्यसपछि पनि निरन्तर भ्याक्सिन आउँछन्।’
यो वर्षको अन्त्यसम्म सबै जनतालाई भ्याक्सिन लगाएर सक्ने प्रयास भइरहेको पनि ओलीले बताए । उनले भने, ‘लगभग यस वर्षको अन्त्यमा भ्याक्सिन लगाएर सक्ने गरी प्रयास गर्दैछौं। अब भ्याक्सिन अभावबाट तड्पिनु पर्ने अवस्था आउँदैन।’
अहिले जनतामा सचेतनाको पनि मात्रा बढेको बताउँदै सावधानी अपनाउने कुरामा भने सजक रहनुपर्ने बताए ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend