
तनहुँ । तनहुँको ऋषिङ गाउँपालिकाको सबै सेवा आइतबार बन्द गरिएको छ । गाउँपालिकामा कार्यरत सुरक्षागार्ड ऋषिङ-८ माझकोटका ४२ वर्षीय खुमबहादुर थापाको पहिरोले पुरिएर मृत्यु भएपछि दुःख व्यक्त गर्दै गाउँपालिकाले सबै सेवा आइतबार बन्द गर्ने निर्णय गरेको हो ।
प्रमुख प्रशासकीय अधिकृत चण्डिका पौडेलले गाउँपालिका मातहतका सम्पूर्ण कार्यालय एक दिन बन्द गर्ने निर्णय भएको जानकारी दिए । थापाको बिहीबार गोठमा पानी तर्काउन जाने क्रममा घर माथिबाट खसेको पहिराले पुरिएर मृत्यु भएको थियो । उनको शव ११ घण्टापछि पहिरोबाट निकालिएको थियो ।
बिहीबार नै ऋषिङ–७ मा पहिरोले पुरिएर देवीसरा थापाको पनि मृत्यु भएको थियो भने पहिरोका कारण दर्जनौँ घरमा क्षति पुग्नुका साथै जोखिममा परेका छन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend