आइतबार, साउन ४ २०८२

आइतबार, साउन ४ २०८२

अस्ट्रेलियामा १० महिनापछि कोरोना संक्रमितको मृत्यु 

अस्ट्रेलियामा १० महिनापछि कोरोना संक्रमितको मृत्यु 

अस्ट्रेलियामा १० महिनापछि एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

न्यू साउथ ह्वेल्सकी ९० वर्षिया कोरोना संक्रमित महिलाको सिड्नीमा मृत्यु भएको अधिकारीहरुले बताएका छन् । उनलाई परिवार बाट नै संक्रमण सरेको पाइएको छ ।

आइतबार अस्ट्रेलियामा ७७ जनामा संक्रमण पुष्टि भएको छ । त्यहाँ अहिले ५२ जना अस्पतालमा र १५ जनाको सघन उपचार कक्ष आइसीयूमा उपचार भइरहेको छ ।

अस्ट्रेलियाको ठूलो शहर सिड्नी अहिले लकडाउनमा छ । त्यहाँ कोरोनाको डेल्टा भाइरस तिब्रगतिमा फैलिएको पाइएपछि लकडाउन घोषणा गरिएको हो । 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend