logo

२०८१ मंसिर १४ शुक्रबार

logo
  • शुक्रबार, १४ मंसिर २०८१
  • एमाले विवाद मिलाउन बनेको कार्यदलको बैठक पाँच घण्टादेखि सिंहदरबारमा

    एमाले विवाद मिलाउन बनेको कार्यदलको बैठक पाँच घण्टादेखि सिंहदरबारमा

    1.8K
    Shares

    काठमाडौं। नेकपा (एमाले) को विवाद समाधानका लागि गठित कार्यदलको बैठक सिंहदरबारमा बसिरहेको छ । अर्थ मन्त्रालयमा बिहान साढे ८ बजे सुरु बैठक अझै चलिरहेको हो । बैठकमा कार्यदलका सदस्यहले सहमतिपत्रलाई अन्तिम रुप दिई त्यसमा हस्ताक्षर गर्ने तयारी गरेका छन् । 

    बैठक सकिएपछि सहमति सार्वजनिक गर्ने र आइतबार नै पार्टीको स्थायी कमिटी बैठक बसेर अनुमोदन गर्ने एमालेका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

    कार्यदलले तयार गरेको सहमतिको खाकालाई शीर्षनेतासँगको परामर्शमा भाषिक परिमार्जन गरेर सार्वजनिक गर्न लागिएको हो । एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच गत जेठ २ गतेको सहमतिका आधारमा गठित १० सदस्यीय कार्यदलले कार्य गरिरहेका बेला गत जेठ ८ गते दोस्रोपटक प्रतिनिधिसभाको विघटन भएपछि एमालेमा विवाद बल्झिएको थियो ।

    अध्यक्ष ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गर्ने एमालेका २३ निवर्तमान सांसदले हस्ताक्षर फिर्ता लिन आग्रह गरेका छन् भने नेता नेपालले पार्टीलाई २०७५ जेठ २ गतेको स्थितिमा सञ्चालन गर्नुपर्ने माग गर्दै आएका छन्। 

    कार्यदलमा अध्यक्ष ओलीको तर्फबाट सुवासचन्द्र नेम्वाङ, विष्णुप्रसाद पौडेल, प्रदीप ज्ञवाली, शङ्कर पोखरेल र विष्णु रिमाल सदस्य छन् भने नेता नेपालको तर्फबाट भीमबहादुर रावल, घनश्याम भुषाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त सदस्य छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend