आइतबार, साउन ४ २०८२

आइतबार, साउन ४ २०८२

छाउनी अस्पतालमा निःशुल्क हेमोडाइलाइसिस सेवा सुरु

छाउनी अस्पतालमा निःशुल्क हेमोडाइलाइसिस सेवा सुरु

काठमाडौं । वीरेन्द्र सैनिक अस्पताल छाउनीमा काठमाडौं महानगरबासी मृगौला रोगीका लागि निःशुल्क हेमोडाइलाइसिस सेवा सुरु भएको छ । 

महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य र प्रधान सेनापति पुर्णचन्द्र थापाले आइतबार निःशुल्क हेमोडाइलाइसिस सेवाको संयुक्त रुपमा उद्घाटन गरेका हुन् । काठमाण्डौं महानगरपालिकाको आर्थिक सहयोग र नेपाली सेनाको व्यवस्थापनमा वीरेन्द्र अस्पताल छाउनीमा मिर्गौलाका बिरामीका लागि निःशुल्क हेमोडाइलाइसिस सेवा सुरु भएको हो ।  

महानगरले सेवा सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार, ८ वटा हेमोडायलाइसिस मेसिन, एउटा रिप्रोसेसिङ मेसिन, पानी शुद्धीकरण प्लान्ट र अन्य मेडिकल उपकरण जडान गर्न अस्पताललाई तीन करोड रुपैयाँ अनुदान उपलब्ध गराएको छ । यससम्बन्धी सहकार्यका लागि महानगरपालिका र अस्पतालबीच ५ बर्षका लागि २०७६ पुस २ गते नै सम्झौता भएको थियो ।

सम्झौता अनुसार जडान गरिएका ८ वटा हेमोडायलाइसिस मेसिनबाट हरेक हप्ता दुई सिफ्टमा सेवा सञ्चालन गर्न सकिन्छ । तत्कालका लागि ४८ जना विरामीलाई साताको २ पटक सेवा प्रदान गर्न सकिने अस्पतालका प्रमुख सहायक रथी डाक्टर अरुण शर्माले बताए । 

यो सेवा विपन्न र सेरोनेगेटिभ दीर्घ चरणको मृगौला रोगी, क्रोनिक किड्नी डिजिज स्टे-५ पुगिसकेकाहरुका लागि मात्रै हो । यो सेवा लिनका लागि विरामीले महानगरपालिकाको सिफारिस लिनुपर्नेछ । अहिले देशभरिका ६५ वटा अस्पतालमा चालु रहेका ४ सय ९८ वटा डायलासिस मेसिनबाट ३ हजार ५ सय १६ जना विपन्न वर्गका विरामीले निःशुल्क हेमोडायलाइसिस सेवा लिइरहेका तथ्याङ्क छ ।

निःशुल्क डायलाइसिस गर्दा राज्यले प्रति विरामी वार्षिक २ लाख ६० हजार रुपैयाँ खर्च गरिरहेको छ । नेपालमा हरेक वर्ष २ हजार ६ सय जना मिर्गौलाका नयाँ विरामी थपिने गरेका सरकारी तथ्यांक छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend