logo

२०८१ मंसिर १४ शुक्रबार

logo
  • शुक्रबार, १४ मंसिर २०८१
  • वामदेवको स्पष्टीकरण ‘ओलीतिर लागेको छैन, एमाले भएको पुष्टि गर्न बैठकमा गएको हुँ’

    वामदेवको स्पष्टीकरण ‘ओलीतिर लागेको छैन, एमाले भएको पुष्टि गर्न बैठकमा गएको हुँ’

    1.8K
    Shares

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले आफू अध्यक्ष केपी ओलीतिर नलागेको स्पष्ट पारेका छन् । 

    आइतबारको राष्ट्रियसभा बैठकमा उनले आफू अध्यक्ष केपी ओलीतिर नलागेको स्पष्ट पारेका हुन् । उनले गत हप्ता पार्टीको केन्द्रीय कमिटी बैठकमा सहभागी भए पनि अध्यक्ष केपी ओलीलाई साथ नदिएको बताए । 

    आफू एमाले भएको प्रमाण पेस गर्नको लागि बैठकमा सहभागी भएको उनको दाबी छ ।

    ‘एमाले पुनर्स्थापित भएपछि एमाले रोज्नैपर्यो । एमालेको सदस्य हुँ । त्यसो भएर म केही समय पहिले केपीजीले जेठ २ को अवस्थाको केन्द्रीय कमिटीमा भाग लिन गएँ’, गौतमले भने, ‘धेरै मनिसहरुले के भने भने बामदेव केपीतिर गयो । मैले यो सभामार्फत देशका सबै जिम्मेवार नागरिक, राजनीतिक दललाई जानकारी गराउन चाहन्छु म कुनैतर्फ गएको होइन । म एमाले भएको प्रमाण पेश गर्नको निम्ति गएको हुँ ।’ 

    सर्वोच्च अदालतको निर्णयपछि पार्टीभित्रको विवाद समाधान हुने यसअघि नै बताइसकेको भन्दै उनले विवाद समाधान हुनेमा आफू विश्वस्त रहेको बताए ।

    उनले भने, ‘नेकपा एमालेभित्रको अन्तरविरोध समाधान गर्नको निम्ति दुईवटा समूहबाट एउटा कार्यदल बनेको छ । त्यसले आज ८ बजे खुसीको खबर आउँछ भनेको थियो । मैले भनेको थिएँ त्यो खुसीको खबर सर्वोच्चको निर्णय पछि आउँछ भनेर, मेरो भनाई लागू नहोस्, भरेसम्म खुसीको त्यो खबर आओस् भन्ने चाहन्छु । मेरो अहिले पनि दृढता छ कि सर्वोच्चको निर्णयपछि पार्टी एकीकृत हुनेछ ।’ 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend