आइतबार, असार २९ २०८२

आइतबार, असार २९ २०८२

मकवानपुरगढी गाउँपालिकामा ‘किसान क्रेडिट कार्ड’ वितरण सुरु

मकवानपुरगढी गाउँपालिकामा ‘किसान क्रेडिट कार्ड’ वितरण सुरु

हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा किसान लक्षित ‘किसान क्रेडिट कार्ड’ वितरण सुरु भएको छ । 

नेपाल बङ्गलादेश बैंक लिमिटेड, आर एण्ड डि इनोभेटिभ सोलुशन प्रालि, मकवानपुरगढी र मकवानपुरगढी गाउँपालिका सहकारी समन्वय समितिबीच भएको चौपक्षीय सम्झौता अनुसार किसान कार्ड लिएका किसानले न्यूनतम ब्याज दुई लाख प्राप्त गर्न सक्नेछन् ।  

पहिलो चरणमा आठ महिला र १७ पुरुष गरी जम्मा २५  किसानलाई किसान कार्डमार्फत सो रकम प्रदान गरिने छ । उनीहरुले बिना धितो सहुलियत ब्याजदरमा कृषि कर्जा पाउने छन् । गाउँपालिकाभित्र किसानको सङ्ख्या ८०० पुर्याउने लक्ष्य राखिएको गाउँपालिकाले जनाएको छ । 

पहुँच कम पुगेका साना किसानका लागि बिनाधितो न्यूनतम ब्याजमा पाँच वर्षका लागि क्रेडिट कार्डमार्फत पशुपालन र कृषि व्यवसायका लागि दुई लाख प्रदान गरिने जनाइएको छ । सहकारीको व्यवस्थापन र समूह जमानतमा विभिन्न वित्तीय संस्थामार्फत ऋण प्राप्त गर्ने गाउँपालिकाको योजना छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend