आइतबार, साउन ४ २०८२

आइतबार, साउन ४ २०८२

खेलकुद मन्त्रालय सम्हालेपछि मनाङगे भन्छन्ः ‘पृथ्वीसुब्बा दाइकै सरकार राम्रो थियो, यो सरकार चलाउन सक्दैन’ (भिडियो सहित)

खेलकुद मन्त्रालय सम्हालेपछि मनाङगे भन्छन्ः ‘पृथ्वीसुब्बा दाइकै सरकार राम्रो थियो, यो सरकार चलाउन सक्दैन’ (भिडियो सहित)

काठमाडौं । दीपक मनाङ्गे (राजीव गुरुङ)ले गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रालय सम्हालेका छन् । 

विना विभागीय मन्त्री बनेको झण्डै एक महिनापछि उनले खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन् । मन्त्रालय सम्हाल्दै मनाङगेले निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार राम्रो भएको बताएका छन् । उनले भने, ‘पृथ्वीसुब्बा दाइकै सरकार राम्रो थियो, यो सरकार चलाउन सक्दैन ।’ 

पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा पनि उनले खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।

अहिलेको सरकारमा भौतिक पूर्वाधार मन्त्रालय पाउनुपर्ने मनाङ्गेको माग भएपनि उनलाई फेरि खेलकुद मन्त्रालयकै जिम्मेवारी दिइएको हो । उनीसँगै जनता समाजवादी पार्टीका (जसपा)का हरिशरण आचार्यले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका छन् । यसअघि आचार्यले अर्थ मन्त्रालयमा दाबी गरेका थिए । 

जेठ २९ गते मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलसँगै चार जना मन्त्रीले सपथ लिएका थिए । तर केही दिनअघि कांग्रेसका कुमार खड्काले शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय र माओवादी केन्द्रकी मधुमाया अधिकारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मन्त्रालयको जिम्मेवारी पाएपनि आचार्य र मनाङ्गे जिम्मेवारी विहिन थिए । 

हेर्नुहोस् पद बहालीको भिडियो 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend