आइतबार, साउन ४ २०८२

आइतबार, साउन ४ २०८२

गण्डकी प्रदेशका पाँच जनामा कोरोनाको नयाँ भेरियन्ट पुष्टि

गण्डकी प्रदेशका पाँच जनामा कोरोनाको नयाँ भेरियन्ट पुष्टि

कास्की । गण्डकी प्रदेशका पाँच जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि भएको छ ।

गत जेठ ३१ गते परीक्षणका लागि जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाइएको नमूनामा तीन महिला र दुई पुरुष गरी पाँच जनामा नयाँ भेरियन्ट पुष्टि भएको हो ।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका संयोजक नवराज शर्माका अनुसार स्याङजाको कालिगण्डकी गाउँपालिकाका १४ र ६० वर्षिय पुरुष तथा गोरखाको बारपाक सुलिकोट गाउँपालिकाकी ३३, ४० र ७० वर्षिया महिलामा नयाँ भेरियन्ट पुष्टि भएको हो ।

यो भेरियन्ट पहिलेको भन्दा संक्रमण हुने दर केही छिटो बढ्ने भएकाले व्यक्तिगत सुरक्षाका मापदण्ड अपनाई थप सतर्कता अपनाउन संयोजक शर्माले अनुरोध गरेका छन् ।  

New-varient.jpg

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend