बिहिबार, असार २६ २०८२

बिहिबार, असार २६ २०८२

एमाले स्थायी कमिटी बैठक दिउँसाे ४ बजे

एमाले स्थायी कमिटी बैठक दिउँसाे ४ बजे

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका छन् ।

एमाले विवाद समाधान गर्न बनेको कार्यदलको बैठक चलिरहेकै बेला प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओलीले स्थायी कमिटी बैठक बोलाएका हुन् । उनले दिउँसो ४ बजेका लागि बैठक बोलाएका एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। 

कार्यदलले सहमति तयार गरे आइतबारकै स्थायी कमिटीमा अनुमोदनका लागि पेश गरिने नेताहरुले बताएका छन् । एमाले विवाद समाधानका लागि गठन भएको कार्यदलको बैठक बिहान ९ बजेदेखि नै सिंहदरबारमा बसिरहेको छ। 

बैठकमा कार्यदलका सदस्यहले सहमतिपत्रलाई अन्तिम रुप दिई त्यसमा हस्ताक्षर गर्ने तयारी गरेकाे भनिएपनि ढिलाइ भएकाे छ। बैठक सकिएपछि सहमति सार्वजनिक गर्ने र आइतबार नै पार्टीको स्थायी कमिटी बैठक बसेर अनुमोदन गर्ने तयारी छ ।

कार्यदलले तयार गरेको सहमतिको खाकालाई शीर्षनेतासँगको परामर्शमा भाषिक परिमार्जन गरेर सार्वजनिक गर्न लागिएको हो । एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच गत जेठ २ गतेको सहमतिका आधारमा गठित १० सदस्यीय कार्यदलले कार्य गरिरहेका बेला गत जेठ ८ गते दोस्रोपटक प्रतिनिधिसभाको विघटन भएपछि एमालेमा विवाद बल्झिएको थियो ।

अध्यक्ष ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गर्ने एमालेका २३ निवर्तमान सांसदले हस्ताक्षर फिर्ता लिन आग्रह गरेका छन् भने नेता नेपालले पार्टीलाई २०७५ जेठ २ गतेको स्थितिमा सञ्चालन गर्नुपर्ने माग गर्दै आएका छन्। 

कार्यदलमा अध्यक्ष ओलीको तर्फबाट सुवासचन्द्र नेम्वाङ, विष्णुप्रसाद पौडेल, प्रदीप ज्ञवाली, शङ्कर पोखरेल र विष्णु रिमाल सदस्य छन् भने नेता नेपालको तर्फबाट भीमबहादुर रावल, घनश्याम भुषाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त सदस्य छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend