आइतबार, असार २९ २०८२

आइतबार, असार २९ २०८२

९ हजारको परीक्षण : १८ सयमा संक्रमण पुष्टि

९ हजारको परीक्षण : १८ सयमा संक्रमण पुष्टि

काठमाडौं । नेपालमा थप १८ सयमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा ९ हजार २१८ जनाको परीक्षण गर्दा १ हजार ८३१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलका अनुसार २४ घण्टामा ५ हजार ५३५ जनाको पीसीआर गर्दा १ हजार २३७ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेन परीक्षण गरिएका ३ हजार ६८३ मध्ये ५९४ जनाको रिपोर्ट पोजेटिभ आएको छ । संक्रमण पुष्टि भएका मध्ये काठमाडौं उपत्यकामा मात्रै ३९१ जना छन् ।

काठमाडौमा २६१ जना, ललितपुरमा ९७ जना र भक्तपुरमा ३१ जनामा कोरोना पुष्टि भएको प्रवक्ता पौडेलले जानकारी दिए । योसँगै नेपालमा संक्रमण पुष्टि हुनेको संख्या झण्डै ७ लाख पुगेको छ ।

मन्त्रालयका अनुसार अहिलेसम्म ३६ लाख ५० हजार २५२ जनाको परीक्षण गर्दा ६ लाख ९९ हजार ८८ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये ६ लाख १९ हजार ८९४ जनाले कोरोना जितेका छन् भने ९ हजार ३ सय ८२ जनाको मृत्यु भएको छ । २

४ घण्टामा १ हजार ५३३ जना निको भएका छन् भने २० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend