आइतबार, साउन ४ २०८२

आइतबार, साउन ४ २०८२

नेपालमा ३६ लाखकाे परीक्षण : झण्डै ७ लाखमा कोरोना पुष्टि, २६ हजार संक्रिय संक्रमित  

नेपालमा ३६ लाखकाे परीक्षण : झण्डै ७ लाखमा कोरोना पुष्टि, २६ हजार संक्रिय संक्रमित  

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या झण्डै ७ लाख पुगेको छ ।

आइतबार १८ सय ३१ जना संक्रमित थपिएसँगै नेपालमा संक्रमण पुष्टि हुनेको संख्या झण्डै ७ लाख पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अहिलेसम्म ६ लाख ९९ हजार ८८ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये ६ लाख १९ हजार ८९४ जनाले कोरोना जितेका छन् भने ९ हजार ३ सय ८२ जनाको मृत्यु भएको छ ।

अझैपनि २६ हजार १ सय ७३ जना सक्रिय संक्रमित छन् । जसमध्ये २३ हजार ४७१ जना घरमै आइसोलेशनमा बसेका र २ हजार ७०२ जना अस्पतालमा रहेका पनि मन्त्रालयले जानकारी दिएको छ । अहिले ५५३ जनाको सघन उपचार कक्ष (आइसीयू)मा र १७५ जनाको भेन्टिलेटरमा उपचार भइराखेको छ । 

२४ घण्टामा ९ हजार २१८ जनाको परीक्षण गर्दा १ हजार ८३१ जनामा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार २४ घण्टामा ५ हजार ५३५ जनाको पीसीआर गर्दा १ हजार २३७ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेन परीक्षण गरिएका ३ हजार ६८३ मध्ये ५९४ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

संक्रमण पुष्टि भएका मध्ये काठमाडौं उपत्यकामा मात्रै ३९१ जना छन् । काठमाडौमा २६१ जना, ललितपुरमा ९७ जना र भक्तपुरमा ३१ जनामा कोरोना पुष्टि भएको प्रवक्ता पौडेलले जानकारी दिए । गत १ हजार ५३३ जना निको भएका छन् भने २० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । 

अहिलेसम्म नेपालमा ३६ लाख ५० हजार २५२ जनाको परीक्षण गरिएको छ । 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend