बिहिबार, असार २६ २०८२

बिहिबार, असार २६ २०८२

माओवादी केन्द्र वैधानिक : निर्वाचन आयोगले गर्‍यो बादल समूहको निवेदन खारेज

माओवादी केन्द्र वैधानिक : निर्वाचन आयोगले गर्‍यो बादल समूहको निवेदन खारेज

काठमाडौं । निर्वाचन आयोगले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा (माओवादी केन्द्र)लाई वैधानिकता दिएको छ ।

आयोगको आइतबार बसेको बैठकले प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र)लाई वैधानिकता दिएको हो। बैठकले संवैधानिक र कानुनी शर्त पूरा गरी दर्ता कायम रहेको नेकपा माओवादी केन्द्रको वैधानिकतामा प्रश्न उठाउन नमिल्ने निर्णय गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । 

अहिले नेकपा एमालेमा रहेका पूर्वमाओवादी नेता रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी र प्रभु साहलगायतको तर्फबाट अधिवक्ता सरोज बुढाथोकीले माओवादी केन्द्रको वैधानिकतामाथि प्रश्न उठाउँदै असार २३ मा आयोगमा निवेदन दिएका थिए ।

त्यस्तै, माओवादी केन्द्र आफू मातहत रहेको भनी भविश्वर पराजुलीले दिएको निवेदन पनि आयोगले पूर्णत खारेज गरेको छ। पराजुलीले केन्द्रको लेडरप्याड दुरुपयोग गरेको देखिएकोले सचेत गराउने निर्णय भएको आयोगले बताएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend