आइतबार, साउन ४ २०८२

आइतबार, साउन ४ २०८२

एमाले एकतासंगै

एमाले एकतासंगै

काठमाडौं। नेकपा (एमाले)को विवाद समाधानको लागि गठन भएको कार्यदलले १० बुँदे सहमति गरेको छ ।

आइतबार बिहान ९ बजे सुरु बैठक १३ घण्टापछि सकिएको हो । बैठकले १० बुँदे सहमति गरेको कार्यदल सदस्यहरुले बताएका छन् । 

पार्टी प्रवक्ता समेत रहेका वार्ता समिति सदस्य प्रदीप ज्ञवालीका अनुसार पार्टीलाई २०७५ जेठ ३ गतेको केन्द्रीय कमिटीे पुर्नगठन गर्ने, सर्वोच्चको फैसला अनुसार त्यसपछि भएका पार्टीका कामकारवाही बदर, नेकपामा रहँदा स्थायी र केन्द्रीय कमिटीमा रहेकालाई नेताको जिम्मेवारीलाई यथावत राख्ने, महत्वपूर्ण योगदान गर्नेलाई केन्द्रीय कमिटीमा मनोनयन गर्ने, पार्टी एकताको मर्म र भावना अनुसार अगाडि बढ्ने सहमति कार्यदलले गरेको छ ।

त्यसैगरी कार्यदलले सदस्यता नविकरणका लागि कार्यदल गठनको निर्णयसमेत गरेको छ । सबै निर्णय अनुमोदनका लागि सोमबार बस्ने स्थायी कमिटी बैठकमा लगिनेछ । 

सहमति भएसँगै भोलि (सोमबार) स्थायी कमिटी बैठक बस्ने पक्का भएको नेताहरुले बताएका छन् । 

यसअघि आइतबार दिउँसो ४ बजेका लागि बोलाइएको स्थायी कमिटी बैठक कार्यदलको बैठक लम्बिएसँगै सोमबारसम्मका लागि स्थगित गरिएको थियो । 

कार्यदलले तयार गरेको सहमतिको खाकालाई शीर्षनेतासँगको परामर्शमा भाषिक परिमार्जन गरेर सार्वजनिक गरिएको हो । एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच गत जेठ २ गतेको सहमतिका आधारमा गठित १० सदस्यीय कार्यदलले कार्य गरिरहेका बेला गत जेठ ८ गते दोस्रोपटक प्रतिनिधिसभाको विघटन भएपछि एमालेमा विवाद बल्झिएको थियो ।

कार्यदलमा अध्यक्ष ओलीको तर्फबाट सुवासचन्द्र नेम्वाङ, विष्णुप्रसाद पौडेल, प्रदीप ज्ञवाली, शङ्कर पोखरेल र विष्णु रिमाल सदस्य छन् भने नेता नेपालको तर्फबाट भीमबहादुर रावल, घनश्याम भुषाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त सदस्य छन् ।

sahamti .jpg

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend