आइतबार, साउन ४ २०८२

आइतबार, साउन ४ २०८२

५३ वर्षपछि इटालीलाई युरोकपको उपाधि

५३ वर्षपछि इटालीलाई युरोकपको उपाधि

एजेन्सी । १६ औँ संस्करणको युरोकपको उपाधि इटालीले जितेको छ । 

घरेलु टोली इंग्ल्यान्डलाई पराजित गर्दै इटालीले पेनाल्टी सुटआउटमा ३-२ गोल अन्तरले उपाधि जितेको हो । इटलीले दोस्रो उपाधि जित्नका लागि ५३ वर्ष पर्खनुपर्‍यो । यसअघि सन् १९६८ मा इटालीले युरो जितेको थियो । 

सोमबार बिहान वेम्बली स्टेडियममा भएको खेलको पहिलो हाफमा इंग्ल्यान्डले सुरुवाती अग्रता बनाएको थियो । सो अग्रतालाई खेलको ६७ औं मिनेटमा लियोनार्दो बुनिचीले गोल गर्दै इटालीलाई १-१ गोलको बराबरीमा फर्काए । 

निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा इटालीले बाजी मार्यो ।

पेनाल्टीमा इटालीका डोमिनिको बेरार्डी, लियोनार्दो बुनिची र फेडेरिको बेर्नाडेस्चीले गोल गरे । आन्द्रे बेलोट्टी र जोर्गिन्होको प्रहार इंग्ल्यान्डका गोलकिपर जोर्डन पिकफोर्डले रोकेका थिए ।

इंग्ल्यान्डका ह्यारी केन र ह्यारी मग्वाएरले मात्र गोल गरे । तर, मार्कुस राषफोर्डको प्रहार पोस्टमा लागेर फर्कदा जाडोन सान्चो र साका बाकुयोको प्रहार इटालीका गोलकिपर जियानलुइजी डोनारुम्माले रोकेका थिए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend