बिहिबार, असार २६ २०८२

बिहिबार, असार २६ २०८२

सूर्य थापाको टिप्पणीमा आपत्ति जनाउँदै नेता नेपालले दिए यस्तो जवाफ

सूर्य थापाको टिप्पणीमा आपत्ति जनाउँदै नेता नेपालले दिए यस्तो जवाफ

काठमाडौं । एमाले वरिष्ठ नेता माधव कुमार नेपालले प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाको टिप्पणीमाथि आपत्ति जनाएका छन् । 

पार्टी एकता सम्बन्धमा आइतबार राति भएको सहमतिले प्रतिनिधिसभा विघटनबारे सर्वोच्च अदालतमा विचाराधीन मुद्दा प्रभावित नहुने प्रस्ट्याएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत आपत्ति जनाउँदै थापाको अभिव्यक्ति कार्यदल स्तरमा भएको छलफलको मर्मविपरीत रहेको नेता नेपालले जनाएका छन् । उनले भनेका छन्, ‘हिजो राती नेकपा (एमाले) को आन्तरिक एकता सम्बन्धमा कार्यदल स्तरमा भएको सहमति र त्यसलाई व्याख्या गर्ने सन्दर्भमा प्रधानमन्त्री तथा पार्टी अध्यक्षका प्रेस सल्लाहकारको फेसबुक स्टाटस सहमति गर्दा भएको छलफलको मर्म विपरित छ । यो व्याख्या गलत र अस्वीकार्य छ ।’

उनले अदालतमा विचाराधिन रहेको मुद्दामा निवेदक रहेका नेकपा एमालेका २३ सांसद सबै एकसाथ रहेको स्पष्ट पारेका छन् । 
‘अदालतमा विचाराधिन मुद्दालाई प्रभावित पार्ने वा अदालतको मानहानी गर्ने गरी गरिएको वा गरिने व्याख्या मान्य नहुने कुरा स्पष्ट पार्दै सर्वोच्च अदालतमा विचाराधिन मुद्दामा निवेदक रहेका नेकपा ९एमाले०का २३ जना सांसदहरू सबै एकसाथ रहेको र आफ्नो मान्यता र हस्ताक्षर मा दृढ रहेको कुरा स्पष्ट पार्दछु ।’

प्रतिनिधिसभा पुनस्स्थापना र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग राखी एमालेका नेपालपक्षका २३ सहित १४६ सांसदले दिएको निवेदन सर्वोच्च अदालतमा विचाराधीन छ । सोही सन्दर्भमा थापाले देउवालाई प्रधानमन्त्री बनाउन समर्थन जनाउनेमा अब १२३ सांसद मात्र रहेको उल्लेख गर्दै टिप्पणी गरेका थिए । 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend