काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ ।
आइतबार अपराह्न बस्ने भनिएपछि कार्यदल बैठक नै लम्बिएपछि स्थायी कमिटी बैठक आजका लागि सारिएको थियो । कार्यदलले गरेको सहमति अनुमोदन गर्न बैठक बस्न लागिएको हो ।
बालुवाटारमा डाकिएको बैठक आज अपराह्न ५ बजे बस्ने भनिए पनि केही अगाडी सर्न सक्ने कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।
स्थायी कमिटी बैठकअघि कार्यदलका सदस्यहरुले पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता गराउने तयारी गरेका छन् । हिजो भएको सहमतिमा दुई शीर्ष नेताहरुलाई समझदारी गराउने तयारी रहेको कार्यदल सदस्यहरुको भनाइ छ । कार्यदलले पार्टी विवाद समाधानका लागि दश बुँदे सहमतिको प्रस्ताव तयार पारेको छ ।
सहमति भएसँगै आजका लागि बोलाइएको स्थायी कमिटी बैठकमा नेता नेपालपक्षका नेताहरु सहभागी हुने सम्भावना रहेको छ।