आइतबार, साउन ४ २०८२

आइतबार, साउन ४ २०८२

अमेरिकाले नेपाललाई दिएको खोप काठमाडौं आइपुग्यो

अमेरिकाले नेपाललाई दिएको खोप काठमाडौं आइपुग्यो

काठमाडौं । अमेरिकी सरकारले नेपाललाई उपलब्ध गराएको कोभ्याक्सअन्तर्गतको कोरोना भाइरस विरुद्धको १५ लाख डोज खोप नेपाल आइपुगेको छ ।

अमेरिकी खोप उत्पादक कम्पनी जोन्सन एण्ड जोन्सनको खोप ब्रसेल्सबाट स्थानीय समयअनुसार आइतबार नेपालका लागि प्रस्थान गरेको र सोमबार बिहान नेपाल आइपुगकेको हो ।

कतार एयरवेजको नियमित उडानमार्फत् अमेरिकाले कोरोना खोप पठाएको हो । केहीबेर अगाडि खोप बोकेको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । खोपबारे जानकारी दिन गरेको पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्री  कृष्ण गोपाल श्रेष्ठले अमेरिकी सरकार, अमेरिकी जनता र समन्वय गर्ने राजदूताबासलाई धन्यवाद दिए ।

त्यस्तै कोभिड १९ को महामारीमा अमेरिकाले गरेका अन्य सामाग्री सहयोगप्रति पनि मन्त्री श्रेष्ठले धन्यवाद दिए । सो खोप ५० देखि ५४ वर्ष सम्मका उमेर समूहका व्यक्तिलाई प्रथमिकतामा राखेर लगाइन पनि उनले बताए । 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend