
काठमाडौं । गोरखाको बारपाक सुलिकोट गाउँपालिका अन्तर्गतको सडक निर्माणमा रकम हिनामिना भएको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।
सो गाउँपालिका वडा नं. ७ स्थित झाक्रीचोकदेखि टाकुसम्मको सडक निर्माण गर्दा ठेकेदार अमर गुरुङ, गाउँपालिकाका प्रशासकीय अधिकृत शिव बहादुर गुरुङ, लेखापाल गंगा बहादुर घले र इन्जिनियर सुजन अंगाईले भ्रष्टचार गरेको देखिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जारी गरको विज्ञप्तिमा उल्लेख छ ।
आर्थिक वर्ष २०७५/०७६ मा बजेट विनियोजन भई सडक निर्माण गर्दा तीन लाख ६८ हजार ४२० रुपैयाँ हिनामिना गरेको भन्दै निजहरुलाई सोही रकम बराबरको बिगो दावी कायम गरी सजायको माग गर्दै अख्तियारले मुद्दा दर्ता गरेको हो ।
सर्वोत्कृष्ट गाउँपालिकामा बारपाक सुलिकोट
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गोरखा जिल्लाका स्थानीय तहहरुमध्ये बारपाक सुलिकोट गाउँपालिका सर्वोत्कृष्ट घोषणा गरेको थियो ।
स्थानीय तहको उपलब्धि र कमीकमजोरीको लेखाजोखा गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बनाएको स्थानीय तह स्वमूल्याङकन कार्याविधिको मापदण्डका आधारमा गरिएको संस्थागत क्षमताको स्वमूल्याङकनमा सो गाउँपालिका जिल्लाकै सर्वोत्कृष्ट बन्न सफल भएको हो ।
कार्यविधिमा समावेश गरिएका १० सूचक र १०० उपसूचकका आधारमा बारपाक सुलिकोट गाउँपालिकाले ६६.७५ प्रतिशत अङ्क प्राप्त गरेको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले बताएका थिए ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend