आइतबार, साउन ४ २०८२

आइतबार, साउन ४ २०८२

भ्रममा नपरौँ, हामी हस्ताक्षर फिर्ता लिदैनौँ : रामकुमारी झाँक्री

भ्रममा नपरौँ, हामी हस्ताक्षर फिर्ता लिदैनौँ : रामकुमारी झाँक्री

काठमाडौ‍ं । नेकपा एमाले नेतृ रामकुमारी झाँक्रीले अदालतको निर्णय प्रभावित हुने गरि हस्ताक्षर फिर्ता नलिइने बताएकी छन् । 

उनले १० बुँदे सहमति कार्यन्वयन योग्य नभएकाले अदालतमा निवेदकको रूपमा रहेका सांसदहरूले अदालतको निर्णय प्रभावित हुने गरि हस्ताक्षर फिर्ता नहुने स्पष्ट पारेकी हुन् ।

गएराति गरिएको  १० बुँदे सम्‍झौताबारे संस्थागत धारणा आउने उनको दाबी छ । स्थायी कमिटीको बैठकमा जानेबारे सामान्य बैठकको कार्यविधि निर्धारण नगरी यो सम्‍झौता कार्यान्वयन योग्य नभएको उनकाे भनाइ छ ।

उनले भनेकी छन् ‘हाम्रो टिमको केन्द्रीय कमिटीको बैठक बसेर १० बुँदे सम्‍झौताबारे संस्थागत धारणा आउने छ । स्थायी कमिटीको बैठकमा जानेबारे सामान्य बैठकको कार्यविधि निर्धारण नगरी यो सम्‍झौता कार्यान्वयन योग्य हुन्न । बैठक जाने कुरा हुन्‍न ।’

अदालतमा निवेदकको रूपमा रहेका सांसदहरूले अदालतको निर्णय प्रभावित हुने गरि हस्ताक्षर फिर्ता नलिने पनि उनले प्रष्ट्याएकी छन् । उनल भनेकी छन् ‘भ्रममा नपरौँ, स्वागत गर्न हतार नगरौँ । निरास पनि नबनौँ । राजनीति हो यसले बाटो लिन्छ । उज्यालो पहिल्याउन सकिन्छ ।’

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend